Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

निश्चलको फिल्ममा किन दोहोरिइन् ऋचा ?

फिल्मीखबर, काठमाण्डौ, 2013/09/22

नेपाली कला नगरी हल्ला नगरी रुपमा पनि परिचित छ । रजतपटमा कुनै न कुनै हल्ला फैलिरहेका हुन्छन् । कुनै हल्ला सत्य नजिक रहेपनि धेरै जसो हल्ला भने हल्लामै सिमित हुन्छन् ।

 

रजतपटमा अहिले मन्द रुपमा एउटा हल्ला सुनिदैछ, निर्देशक निश्चल बस्नेत र अभिनेत्री ऋचा शर्मा बिचको अफेयर छ ! निश्चलको दोस्रो फिल्म टलक जंग भर्सेस टुल्केमा ऋचा दोहोरिनाले पनि हल्ला गर्नेले ठाउँ मिलेको छ । लुट निर्देशक बस्नेतसँग ऋचाको अफयेर चलेकै हो त ? निश्चल भन्छन्- 'कुनै कुरा भएकै छैन भने यसको स्पष्टिकरण दिन म आवश्यक ठान्दिंन ।' अफयेरको हल्ला आफूले पनि सुन्दै आएको भन्दै निश्चल थप्छन्- 'कामको सिलसिलामा सँगै भयो भन्दैमा नाम जोड्ने कुरा गलत हो ।'

 

टलक जंग भर्सेस टुल्केमा ऋचा नै किन भइन् त ? निश्चल जोड दिन्छन्- 'ऋचालाई लिनुको एउटै कारण भनेको ऊ पात्र सुहाउँदो छ । ऋचालाई मैले मात्र हैन, हाम्रो कास्टिङ क्रुले नै छानेको हो ।' पोखराको एक गाउँमा छायाँकनरत फिल्ममा ऋचा थारु युवतीको भुमिकामा देखिदैछिन् । ऋचाको साथमा दयाह्याङ राई, सुशांक मैनाली, लेखक खगेन्द्र लामिछाने, निर्माता रविन्द्र सिंह बानियाँ लगायतको अभिनय छ ।

 

केहि समय अगाडी मात्र अभिनेता विनय श्रेष्ठसँग ब्रेकअप दिएकी ऋचाले भन्दै आएकी छिन्- 'अफयेर चले पछि आफै सार्वजनिक गर्छु ।' के ऋचा अहिले सिङ्गल नै छन् त ? ऋचाले आफूले मुख नखोले सम्म यो बिषयमा नबोलेको राम्रो तर्क दिन्छिन् ।