Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरिता गिरीको टोली समय लिएर देश दौडाहामा

फिल्मीखबर, काठमाण्डौ, 2013/09/23

युद्धबाट घर फर्किएका युवा, शान्ति प्रक्रिया र वैदेशिक रोजगारसँग जोडिएको सडक नाटक लिएर थिएटरका कलाकार यतिबेला देश दौडाहामा छन् ।

 

फिचर फिल्ममा समेत सक्रिय सरिता गिरी, राजन खतिवडा, कमलमणी नेपाल, भोलाराज सापकोटा, घनश्याम जोशी, अरुणा कार्की, लोकेन्द्र लेखक, प्रविण खतिवडा लगायतको टोली समय नामक सडक नाटक लिएर देश दौडाहामा निस्किएको हो । एलाइन्स फर पिस संस्थाको आयोजनामा बर्दली कला समुहले सडक नाटकलाई प्रस्तुत गर्दैछ ।

 

यो समुहले कोहलपुर, बाँके, चितवन, हेटौंडा, धनगडी लगायतका स्थानमा नाटक प्रस्तुत गरेको अभिनेत्री सरिता गिरीले जानकारी गराइन् । उनले भनिन्- 'स्थानिय दर्शकले नाटकलाई मन पराउनु भएको छ ।' सरिताको समय टोली असोज ८ गते नाटक सकेर काठमाण्डौ फर्कदै छ ।