Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`काव्या एण्ड कृष्ण`को खोजी

फिल्मीखबर, काठमाण्डौ, 2013/09/23

कथाको डिमान्ड अनुसार कलाकार नभेटिएपछि काव्या एण्ड कृष्ण नामक फिचर फिल्म दुई वर्ष देखि फ्लोरमा जानबाट रोकिएको छ । लेखक तथा निर्देशक प्रदिप कसपालले फिल्मीखबरसँग भने- 'नयाँ अनुहारलाई मौका दिने हाम्रो उद्धेश्य हो । जसले फिल्म क्षेत्रलाई लिड गरोस् । तर, भने जस्तो क्षमता भएको कलाकार अहिलेसम्म पाइएको छैन ।'

 

 

लेखक तथा निर्देशक कसपालले स्क्रिप्ट लेखनको सम्पूर्ण कार्य सकिएको जानकारी दिए । कसपालको यो पहिलो फिचर फिल्म हो । उनले यसअघि सय भन्दा म्यूजिक भिडियो, टेलिफिल्म तथा छोटा फिल्म निर्देशन गरी सकेका छन् । उनले थपे- 'माया प्रेममा पनि यस्तो फिल्म बन्न सक्छ भन्ने काव्या एण्ड कृष्णले देखाउनेछ ।' मुख्य बाहेक फिल्मका अन्य कास्ट एण्ड क्रु फाइनल भैसकेको पनि उनले खुलाउन भने चाहेनन् ।

 

प्रदिपले फिल्मको लागि दुई नयाँ अनुहार खोजेको समेत बताए । 'फिल्मलाई लिड गर्ने एकदमै फ्रेस टिनेजर केटा र केटी खोज्दै छु,' उनले भने- 'कलाकार भेटिने बित्तिकै सुटिङमा जाने छौं ।' यो फिल्मलाई काव्य पिक्चर्सले निर्माण गर्नेछ ।