अरुको फिल्ममा पैसा लिएर काम गर्ने अभिनेता यतिबेला आफै पैसा हालेर फिल्म निर्माणमा जुटेका छन् । आर्यन सिग्देल, राजबल्लभ कोइराला र निरज बराल फिल्म निर्माणमा व्यस्त छन् ।
.jpg)
अभिनेता सिग्देलले नोभेम्वर रेन नाम दिएर फिल्म खिचिरहेका छन् भने बल्लवको फिल्म राघव सुटिङ सकेर पोष्टको क्रममा छ । निरजको फिल्म स्टुपिड मन अहिले थाईल्याण्डमा छायाँकनको क्रममा छ । नोभेम्वर रेनको फेवु्रअरी १४ बाहेक दुई अभिनेताका फिल्मले रिलिज डेट तोकेका छैनन् । प्रेम, धोका र सम्बन्ध केन्द्रित फिल्म नोभेम्वर रेनमा आर्यनको साथमा नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङ मुख्य भुमिकामा छन् । निर्देशन दिनेश राउतको छ ।
.jpg)
अभिनेता बल्लभको फिल्मले राघव नामक पात्रको यात्रालाई मुख्य विषय बनाएको छ । राघवका निर्देशक भूपेन्द्र भट्टराई हुन् । फिल्ममा शिबिर पोखरेल र अस्मिता ढकालको मुख्य अभिनय छ । त्यस्तै निरजको फिल्मका मुख्य पात्र अभिनेता जीवन लुइँटेल हुन् । जीवन र निरजको साथमा नव कलाकार चाँदनी शर्मा र रिजु श्रेष्ठको पनि मुख्य अभिनय छ । निरजको स्टुपिड मनलाई दिवाकर भट्टराईले निर्देशन गरिरहेका छन् । पटकथा सामिप्य तिमल्सिनाको छ ।
.jpg)
यसअघि भुवन केसी, श्रीकृष्ण श्रेष्ठ र दिलिप रायमाझी, निखिल उप्रेती, रमित ढुंगाना फिल्म निर्माणको मैदानमा उत्रिसकेका छन् । अभिनेत्री मध्ये रेखा थापा र झरना थापाको नाम सफल निर्मात्रीमा गनिन्छ । अभिनय हुँदै फिल्म निर्माणमा जुटेका आर्यन, राजबल्लभ र निरज सफल निर्माताका रूपमा कहलिएलान् त ? स्थिती पर्ख र हेरको छ ।

