रेखा फिल्मस्को अन्दाज डेव्यु हिरो सविन श्रेष्ठले नयाँ फिल्म साइन गरेका छन् । कमलकृष्ण पौडेलले निर्देशन गर्ने फिल्म 'दश दिन दश करोड'मा सविन मुख्य पात्रको रुपमा अनुबन्धित भएका हुन् । निर्देशक पौडेलसँग फिल्ममा सविनले तेस्रो पटक काम गर्दै छन् ।
यसअघि रेखा फिल्मस्कै रावण र बाहिरी ब्यानरको फुलस्टपमा सविनले निर्देशक पौडेलसँग काम गरेका थिए । दश दिन दश करोडमा इन्सपेक्टरको भुमिकामा प्रस्तुत हुन लागेका सविनले फिल्मीखबरसँग खुसीयाली बाँडे- 'धेरै समय पछि सुटिङमा व्यस्त हुँदैछ छु । मलाई दर्शकले एक्सन रोलमा देख्न सक्नुहुन्छ ।' सुगठिला शरिरका धनी सविनले भर्खरै अभिनेत्री शुभेच्छा थापाको मिस नेपाल नामक फिल्ममा छोटो रोल निभाएका थिए ।
यही कार्तिक १ गते देखि सुटिङ प्रारम्भ गरिने फिल्ममा सविनको साथमा बासु पुँडासैनी पनि मुख्य भुमिकामा देखिदैछन् । बासु प्रदर्शनरत फिल्म प्राण भन्दा प्यारोबाट रजतपटमा डेव्यु भएका हुन् । महिला पात्र भने छनोटको क्रममा रहेको बुझिएको छ । दश दिन दश करोडमा चन्द्र पन्तको फाइट र निर्देशककै संगीत रहनेछ । फिल्मका प्रस्तुतकर्ता चन्द्र गौतम हुन् ।

