Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निरज र पूजनाको माया देखेर छक्कै पर्नुस् (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/09/23

चिहानमा अभिनेता निरज बराल र अभिनेत्री पूजना स्त्रीको रोमान्टिक जोडीलाई देख्न सकिन्छ । प्रदर्शनको क्रममा रहेको यस फिल्मको प्रस्तुत सार्वजनिक गीतमा निरज र पूजनाले आ-आफ्नो प्रेमलाई शब्दमा व्यक्त गर्दै भनेका छन्- 'छक्कै परून्, लठ्ठै परून्, हाम्रो मायाको चर्चा गरून् ।'

 

माया, प्रेम, विश्वास र शंकाको चिहानलाई पारिवारिक कथाको रूपमा प्रस्तुत गरिएको फिल्म 'चिहान'लाई बद्री कृष्ण श्रेष्ठले निर्देशन गरेका हुन् । रमेश थापा र बिधा श्रेष्ठले निर्माण गरेको चिहानको प्रस्तुत गीतमा दिपक लिम्बु र सहिमा श्रेष्ठले स्वर दिएका छन् । रेखा पौडेलले संगीत दिएको सो गीतलाइ निर्देशक श्रेष्ठले नै लेखेका हुन् । करियोग्राफी कविराज गहतराजको रहेको छ ।

 

फिल्ममा निरज बराल, पूजना प्रधान, अनुपा कार्की, भवेश पराजुली, चन्दा दाहाल, बालकलाकार प्रनिष्णा केसी लगायतको अभिनय रहेको छ । फिल्मलाई बिरेन्द्र भट्टले खिचेका हुन् भने द्धन्दनिर्देशन अष्ट महर्जनको रहेको छ ।