Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

बाबुलाई नजिक आउन केकीको आग्रह

फिल्मीखबर, काठमाण्डौ, 2013/12/26

आगामी पौष २६ गते रिलिज हुन लागेको फिल्म 'बितेका पल'मा अभिनेता बाबु बोगटीको भूमिका के-कस्तो छ ? अहिलेसम्म खुलाईएको छैन । प्रचार प्रसारमा अभिनेत्री केकी अधिकारी र अबिनाश गुरूङलाई मात्र प्राथमिकता दिईेको यस फिल्मको रोमान्टिक गीत रिलिज गरिएको छ जसमा बाबु र केकीलाई फिचर गरिएको छ ।

 

प्रस्तुत सार्वजनिक गीतबाट अनुमान लगाउन सकिन्छ फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । यसअघि केकी र अबिनाशको प्रेममा डुबेका गीत सार्वजनिक भएका थिए जुन निकै रूचाईएको पनि छ । डम्बर नेपालीको शब्द तथा संगीतमा दिपक लिम्बु र जिना रसाईलीको स्वरमा सजिएको प्रस्तुत गीतमा बाबु र केकी एकअर्काको मायामा डुबेका छन् ।

 

सुरज सुब्बा नाल्बोले निर्देशन गरेको यो फिल्मलाई राजेश घतानी र कृष रिजालले निर्माण गरेका हुन् । फिल्मको अधिकांश सुटिङ भारतको दार्जीलिङमा गरिएको हो । यो फिल्मलाई हरि लामाले खिचेका हुन् भने गीतको करियोग्राफर पेमा लामा हुन् ।