Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

हिउँ पर्खंदै बिर्खे सुवास

फिल्मीखबर, काठमाण्डौ, 2013/12/26

कलाकार हुँदै निर्माता बन्न लागेका सुवास थापा आफ्नो लगानी रहेको फिल्म ‘बिर्खेलाई चिन्छस्’ फिल्म उत्कृष्ट बनोस् भन्ने पक्षमा छन् । प्रदर्शन पश्चात व्यापारिक तथा समिक्षात्मक टिप्पणी बारे अड्कल काट्न कठिन होला । तर, सुवास प्रदर्शन पछिको प्रतिक्रिया राम्रो होस् भनेर फिल्मको सुटिङदेखि पोष्ट प्रोडक्सनमा मेहनती देखिएका छन् ।

 

फिल्म फिक्का नदेखियोस् भनेरै उनी यतिखेर हिउँ परेको दृश्य खिच्न उचित समयको पर्खाइमा छन् । ‘कोर्ट मार्सल’ नाटकमा व्यस्त सुवास सुनाउँछन्- ‘हेर्दा वनावटी नदेखियोस् भनेर हिउँ पर्ने समयलाई पर्खेका हौं ।’ हिउँको दृश्य खिच्न चरीकोट जाने सुवासले बताए । यदि हिउँ परेन भने दृश्यलाई वास्तविक देखाउन आफ्नो सक्दो प्रयास रहने सुवास विश्वास दिलाउँछन् ।

 

निर्माताको जिम्मेवारी सम्हाल्दा कस्तो अनुभव कस्तो हुँदैछ ? भन्ने प्रश्नमा सुवास भन्छन्- ‘फिल्मको कलाकार र निर्माता हुँदा जिम्मेवारी थपिएको छ । आफ्नो भूमिकासँगै फिल्म कसरी राम्रो बनाउने भन्नेमा ध्यान छ ।’ निर्माता बन्न सहज नहुने सुवासको बुझाइ छ । सुवासको फिल्मलाई र्‍यापर तथा गायक अराज केशवले निर्देशन गरेका हुन् । गायिका प्राश्ना शाक्यका पति अराजले सुरज सुब्बाको फिल्ममा सहायक निर्देशक भई अनुभव संगालेका छन् ।

 

फिल्म ‘बिर्खेलाई चिन्छस्’मा निर्माता सुवाससँगै सुरेश उप्रेती, संजय कार्की, विनिता खड्का, आयुषा राई लगायतको मुख्य भूमिका छ । फिल्म हाल पोष्ट प्रोडक्सनमा छ । वि एण्ड वि प्रोडक्सनको प्रस्तुती रहेको फिल्ममा निरज कँडेलको क्यामेरा एवं मोहित मुनालको संगीत छ । नेपाल रिलिज तोक्न बाँकी ‘विर्खेलाई चिन्छस’को विषयवस्तु युवा पहिचानको खोजीमा आधारित छ ।