अभिनेत्री नम्रता सुन्दरी छिन् । उनको रुप रङ्गलाई लिएर चर्चा परिचर्चा हुने गर्दछ । तर, के नम्रता विश्वकै सुन्दरी हुन् ? नम्रता स्वयमले आफुलाई विश्वकै सुन्दरी दाबी गरेकी छन् ।
नम्रताले वास्तवमै आफुलाई विश्व सुन्दरी रहेको दाबी भने गरेकी हैनन् । सार्वजनिक गरिएको ‘मेघा’ फिल्मको एक गीतमा नम्रताले यस्तो दाबी गरेकी हुन् । गोपाल योञ्जनको संगीतलाई रि-एरेञ्ज गरिएको फिल्ममा कमल राईले नृत्य निर्देशन गरेका छन् जसमा नम्रतासँगको प्रेममा मनिषा कोईरालाका भाइ सिद्धार्थ कोईराला चुर्लुम्म डुबेका छन् ।
सभस्त इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्ममा रामशरण उप्रेतीको सिनेम्याटोग्राफी छ । 'मेघा' फिल्म फेबु्रअरी १४ भ्यालेनटाइन डेको अवसर पारेर प्रदर्शन हुने अल नेपाल प्रदर्शन हुँदैछ । फिल्ममा नम्रता र सिद्धार्थको साथमा रेमनदास श्रेष्ठको मुख्य भूमिका छ । फिल्मबाट सम्झना रौनियार उप्रेतीले निर्देशकमा डेव्यु गर्दैछिन् ।

