अंग्रेजी बर्ष २०१४ को शुभकामना दिदैं अभिनेता अर्पण थापाको निर्देशन रहने फिल्म ‘मुखौटा’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री निशा अधिकारी र कथाकार समेत रहेका अर्पण थापाको प्रतिविम्वलाई देखाइएको छ ।

‘मुखौटा’ का पटकथाकार, कलाकार तथा निर्देशक अर्पण थापाले जनावरी ६ तारिखदेखि फिल्म सुटिङका लागी फ्लोरमा जाने जानकारी दिए । फिल्मको सम्पूर्ण छायाँकन काठमाडौंमा हुनेछ । डार्क क्राइमको फिल्ममा अर्पण थापासँगै निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, सुनिल थापा, रविन तामाङ, प्रशान्त ताम्राकारको मुख्य भूमिका छ ।
चन्द्र पन्तको फाइट डिरेक्सन एवं कालीप्रसाद रिजालको संगीत रहेको 'मुखौटा'मा नरेन्द्र मैनालीको सिनेम्याटोग्राफी छ । फिल्मको पटकथा अर्पण र प्रतिक गुरुङले लेखेका हुन् । ‘मुखौटा’ फिल्म रिफ इन्टरनेटमेन्टको प्रस्तुती हो । अभिनेता थापाले यसअघि ‘धन्दा’ फिल्ममा कथा एवं ‘मौन’ फिल्ममा पटकथा तयार गरेका थिए ।

