नेपाली कलाकारको मन सामाजिक सेवातर्फ मोडिन थालेको छ । विहे, वर्तमान तथा जन्मदिन जस्ता खुसीयालीमा फिल्मी कलाकारले समाजिक सेवामा हात बढाउने गरेका छन् ।
अभिनेत्री सौजन्य सुब्बा पनि सामाजिक सेवामा सरिक भएकी छिन् । सौजन्यले जन्मदिनको अवसर पारेर अथान बालबालिकालाई मिठाइ फलफूल तथा खाद्यन्न बाँडिन् । पुस १६ गते सौजन्यले बौद्धस्थित ‘बौद्धिक वाल गृह’ मा झन्डै ४५ जना बालबालिकालाई एक सातालाई पुग्ने खाजा तथा खानाका परिकार बाँडिन् ।
भर्खरै ‘कुसुम’ फिल्मको सुटिङ सकाएकी सौजन्यले सुनाइन्- ‘म हरेक जन्मदिन यीनै बालबालिकासँग मनाउँछु ।’ केक काट्ने तथा पार्टी गरेर जन्मदिन मनाउने परम्पराको सौजन्य बिरोधी हुन् । भन्छिन्- ‘जन्मदिनमा केक काटेर तामझाम गर्नु भन्दा अनाथ बालबालिकासँग बस्दा आनन्दको अनुभुती हुन्छ ।’
आफ्नी आमाप्रति निकै आभार प्रकट गर्ने सौजन्यले पुस १६ गते कति औं जन्मदिन मनाइन् त ? अन्य अभिनेत्री जस्तै सौजन्य पनि आफ्नो वर्ष बारे गोप्य रहन चाहिन् । जन्मदिनमा सामाजिक देखिएकी सौजन्यलाई ढिलै भएपनि जन्मदिनको शुभकामना !

