Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

एक करोड खर्चेर मलेसियामा किन नेफ्टा अवार्ड ?

फिल्मीखबर, काठमाण्डौ, 2014/01/01
माघ १७ गते अर्थात जनावरी ३१ तरिख साँझ मलेसियाको सेतीया आलम शहरस्थित ‘सेतीया कन्भेन्सन सेन्टर’ मा छैठौं नेफ्टा अवार्ड भव्य समारोहका सम्पन्न हुनेछ । पहिलो पटक देश बाहिर आयोजना गर्न लागिएको अवार्डमा नेपालका हस्ती कलाकारको बाक्लो उपस्थिति रहनेछ ।
 
 
भव्य रुपमा आयोजना हुन लागेका नेफ्टा अवार्डको लगानी पनि भव्य नै हुनेछ । मुख्य प्रायोजक सुवास गिरीले अवार्डको लगानी झन्डै एक करोड पुग्ने आँकलन गरे । मोटो रकम लगाएर मलेसियामा किन अवार्ड गर्ने ? भन्ने जिज्ञसामा प्रायोजक गिरीको जवाफ छ- ‘नेपाली फिल्म क्षेत्रको विदेशी बजार बिस्तारको लागी यो लगानीमा अवार्ड गर्न लागिएको हो ।’ फिल्मका निर्माता समेत रहेका गिरीले लगानीको पचास प्रतिशत रकम टिकट बिक्री र पचास प्रतिशत अन्य मलेसियन प्रायोजकबाट उठाउने लक्ष्य राखिएको फिल्मीखबरसँग बताए ।
 
फिल्म ‘नोभेम्वर रेन’ का निर्माताले थपे- ‘नाफा कमाउन भन्दा पनि यो अवार्डले नेपाली फिल्मलाई विश्व बजारीकरण गर्छ भन्ने मेरो विश्वास छ । नेपाली फिल्मलाई लिएर विदेशमा अन्य इभेन्ट्स पनि आयोजना होस् भन्ने मेरो चाहना हो ।’ सुवासले नेफ्टाको अर्को संस्करणमा आफ्नो सहकार्य जारी रहन सक्ने संकेत गरे ।
 
अवार्ड आयोजना हुने मलेसिया सेतीयो शहरको स्थलगत भ्रमण गरेर यसै साता नेपाल ब्याक भएको नेफ्टा संयोजक मनोज केसीको टोलीले प्रेसमिट गर्दै छैटौं नेफ्टा अवार्डबारे थप जानकारी दिएको छ । कार्यक्रममा अवार्डको अन्तिम तयारी भैरहेको जानकारी दिइयो । कार्यक्रममा अवार्ड हुने हल तथा नेपालबाट गएको टोली बस्ने होटलको भिडियो क्लिप समेत देखाइयो ।
 
मलेसिया भ्रमण गरेर फर्किएका जुरी सदस्य सुनिल थापाले त्यहाँ सबैलाई अनुशासित भएर रहन सुझाए भने संयोजक केसीले अवार्ड ढिलो सम्पन्न हुन गएकोमा हतास नभएको जिकिर गरे । नेफ्टा अवार्ड तीन पटक स्थगित भैसकेको छ । चौधो मितिमा जसरी पनि अवार्ड सम्पन्न हुने दाबी गर्दै संयोजक केसीले भने- ‘हाम्रो अवार्ड पैसामा किनबेच हुँदैन ।’  
 
नेफ्टा अवार्डका अर्का मलेसियन प्रायोजक मिस्टर रजिकले अवार्ड भव्य र सभ्य हुनेमा विश्वास व्यक्त गरे । मलेसियामा हुने छैठौं नेफ्टा अवार्डमा नेपालबाट एक सय भन्दा बढी कलाकार तथा सञ्चारकर्मी सहभागी हुँदैछन् । त्यहाँ कलाकारले आकर्षक प्रस्तुती समेत दिनेछन् । नृत्य निर्देशकद्धय कमल राई र गोविन्द राईले नृत्यको प्रशिक्षाण दिएका छन् । सुनिल थापा, भरत शाक्य, प्रभाकरदेव शर्मा, जावेद शाह, विश्व श्रेष्ठ नेफ्टा अवार्डका जुरी सदस्य हुन् ।