Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

टुडिखेलमा `गन्दी बात` भन्दै मिका सिंह उफ्रने

फिल्मीखबर, काठमाण्डौ, 2014/01/06

बलिउड फिल्ममा हिट गीत दिइरहेका भारतीय गायक मिका सिंह नेपाल आउने भएका छन् । मुन लाइट रेकर्डस्ले आउँदो मार्च १ (फागुन १४ गते) तारिख काठमाडौं स्थित टुडिखेलमा ‘मिका सिंह लाइभ इन नेपाल’ को आयोजना गर्दैछ ।

 

मिकाको कन्सर्ट बारे जानकारी गराउन आयोजक कम्पनीले आज सोमबार एक प्रेसमिटको आयोजना गरेको थियो । मिकाको १८ जना टोलीलाई हस्पिटालिटी प्रदान गर्ने लाजिम्पाटस्थित होटल साँग्रिलामा प्रेसमिट गर्दै आयोजकले भन्यो- ‘यो कन्सर्टले नेपाल र भारतको साँस्कृतिक सम्बन्धलाई विस्तार गर्नेछ ।’ सिङ इज किंग, ढिंका चिका, शुभ होने नादे, पुंगी बजाकर, गन्दी बात, तु मेरे अगल बगल, जादुकी झप्पी, चिन्ता ता ता लगायत चर्चित गीतका गायक आफ्नो धमाकेदार प्रस्तुती दिन फेब्रुअरी २८ मा आफ्नो टोली सहित नेपाल ल्यान्ड गर्नेछन् ।

 

पाँच सय, पन्ध्र सय र तीन हजार दरको टिकेटमा आयोजक कम्पनीले झन्डै ३० हजार दर्शक टुडिखेलमा ओर्लिने आँकलन गरेको छ । मार्च २ तारिखमै भारत प्रस्थान गर्ने मिकालाई आयोजकले माउन्टेन फ्लाई, पशुपती दर्शन तथा रात्री भोजमा सरिक गराउने लक्ष्य राखेको छ । ‘मिका सिंह लाइभ इन नेपाल’ को व्यवस्थापकीय जिम्मा ओडीसी इन्टरटेनमेन्टले लिएको छ । यसअघि यो कम्पनीले ब्रायन एडम्स, अतिफ अस्लम र एम.एल.टी.आरको कन्सर्टलाई व्यवस्थापन गरेको थियो ।

 

मिका सिंहको कन्सर्टबाट उठेको नाफा सामाजिक संस्थालाई प्रदान गर्ने आयोजकले दाबी गरेको छ । कन्सर्टलाई लिएर अन्य प्रेस समारोह आयोजना गरिने समेत बताइएको छ । ‘मिका सिंह लाइभ इन नेपाल’को अनुमानित बजेट झन्डै २ करोडको हुन सक्ने अनुमान छ । मिकाको टिमलाई पारिश्रमिक भने पचासदेखि असी लाखसम्म बार्गेनिङ भैरहेको जानकारी छ ।