Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रमोदको गीतमा तोरी लाहुरेको `र्‍याप`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/07
गायक प्रमोद खरेलले 'तोरी लाहुरे' फिल्मका लागि गाएको गीतमा सोही फिल्मका अभिनेता रोहित रूम्बाले 'र्‍याप' गीत गाएका छन् । मंगलबार राजधानीको ड्रिम्स स्टुडियोमा रोहितले 'समाजले भन्छ तोरी लाहुरे' बोलको गीतमा 'र्‍याप' भरे ।
 
केहि बर्ष अगाडी 'र्‍यापर' नै रहेका रोहितलाई अभिनयको भूत चढेपछि उक्त पेशालाई पाखा लगाएका थिए । 'समय परिस्थितीले गर्दा गायन पेशालाई छोडेर अभिनय तिर लागियो,' रोहितले सुनाए- 'मौका मिलेको खण्डमा र्‍याप पनि भरिहाल्छु ।' गणेश चौधरीको संगीत रहेको गीतमा रोहितकै शब्द रहेको छ ।
 
फिल्म 'तोरी लाहुरे'मा रोहितसँगै गजित बिष्ट, सुवास थापा, अशिष्मा नकर्मी र समुना केसीको मुख्य भूमिका छ । आगामी फाल्गुन २३ गते रिलिज हुन लागेको यो फिल्मलाई एनबी महर्जनले निर्देशन गरेका हुन् । बेरोजगार युवाहरूको कथा भन्ने यस फिल्मका निर्माता दिल कुमार 'वाले' र रोशफी तामाङ हुन् ।