Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

निर्देशक नाल्बोकी प्रिय नीलिमा !

फिल्मीखबर, काठमाण्डौ, 2014/01/07

निर्देशक सुरज सुब्बा नाल्बो र फेसन स्टाइलिस नीलिमा शर्मा बिचको घनिष्टता कत्तिको छ ? त्यो उनीहरु नै जानुन् । तर, फिल्ममा भने निर्देशक नाल्बो र फेसन स्टाइलिस शर्माको सहकार्य बाक्लिदै गएको छ ।

 

 

निर्देशक नाल्बोको निर्देशन रहेको फिल्म ‘फेसबुक’ मा नीलिमाले फेसन डिजाइन गरेकी थिइन् । यो शुक्रबार प्रदर्शन हुने फिल्म ‘बितेका पल’मा पनि नीलिमा फेसन स्टाइलिसको रुपमा छिन् । जुन फिल्मका कथाकार तथा निर्देशक नाल्बो हुन् । निर्देशक नाल्बोकै निर्देशन रहेको फिल्म ‘वान वे’ मा पनि नीलिमा फेसन स्टाइलिसको रुपमा छिन् ।

 

निर्देशक नाल्बो र फेसन स्टाइलिस शर्मा लगातार एउटै फिल्ममा रहनुलाई धेरैले भने गजवकै संयोग मानेका छन् ।  पछिल्ला दिनहरुमा सुन्दरी नीलिमा व्यस्त फेसन स्टालिसको दौडमा छिन् । नीलिमाले राम्रो काम गरेकी हुन् या सुरजलाई राम्री लागेकी हुन् ? सुरज भन्छन्- 'उहाँ फिल्मको कथा, प्रस्तुती, लोकेशन र पात्र अनुसारको ड्रेस डिजाईन गर्नुहुन्छ । राम्रो काम गर्नेसँग सुरज सुब्बा सधैं सँगै रहन्छ ।'

 

प्रेम कहानीको कथा बोकेको फिल्म 'बितेका पल' यही आउँदो शुक्रबार पुस २६ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ । दुई साता अगावै प्रिमियर गरिएको फिल्मले दर्शकलाई हलसम्म तान्ने धेरैको अड्कल छ । निर्देशक सुरज सुब्बा नाल्बो निर्देशित यस फिल्ममा अभिनेत्री केकी अधिकारी, अभिना गुरुङ र बाबु बोगटीको पनि भूमिका छ । ‘बितेका पल’ मा राजेश घतानी र क्रि रिजालको संयुक्त लगानी छ ।