Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18619 - 18624 of 24011
फिल्मीखबर, काठमाण्डौ, 2013-12-15, आईतवार

अभिनेत्री रेखा थापाले सुर्खेत जिल्लाको जंगलमा बस्दै आएका ५२ राउटे परिवारलाई एक-एक बोरा चामल वितरण गरेकी छिन् । रेखा स्वयम् अध्यक्ष रहेको रेखा थापा फाउन्डेसनले ती राउटे परिवारलाई एक महिनाको लागी चामल वितरण गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-15, आईतवार

भनिन्छ नि, गीत संगीतको भाषा हुँदैन । फिल्म 'बितेका पल'मा समावेश गीत 'जब साँझ पर्छ... ' बोलको गीतले संगीत र कलाको परिधि फराकिलो हुन्छ भन्ने प्रमाणित गरिदिएको छ । डम्वर नेपालीको शब्द तथा संगीत रहेको उक्त गीतलाई विश्वका विभिन्न शहरमा बस्ने विदेशीले अत्याधिक रुचाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-15, आईतवार

'रिदम' डेन्यु अभिनेता शोहित मानन्धरले बिहे गरेका छन् । तर, मंसिरको लगनमा भने हैन । 'रिदम' फिल्ममा आँखा देख्न नसक्ने भूमिका निर्वाह गरेर सम्भावना बोकेका नायकको रुपमा उदाएका शोहितले छोटो फिल्म 'रेन मुनसुन'मा विवाहित युवकको भूमिका निभाएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-15, आईतवार

अहिलेका जल्दाबल्दा चर्चित अभिनेता जीवन लुईटेललाई पुत्रलाभ भएको छ । शनिबार राति सवा एघार बजे जीवनकी जीवनसाथी अञ्जलीले छोरालाई जन्म दिएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-14, शनिवार

फिल्म 'हँसिया'को आईटम गीतको सुटिङ गोप्य रूपमै गरेर सकिएको छ । तीन दिन लगाएर गरिएको उक्त फिल्मको आईटम गीतमा अभिनेत्री प्रियंका कार्की र हेमा श्रेष्ठले कम्मर मर्काएका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-12-14, शनिवार

आफूले सिर्जना गरेको सम्मान अर्काले थाप्दा कस्तो महसुस हुन्छ ? अझ भनौं आफूले गरेको सिर्जनाको कदर गर्दै पाएको अवार्ड आफ्नो हातले समाउन नपाउँदा कस्तो होला ? पक्कै पनि संगीतकार अर्जुन पोखरेलले महसुश गरेको हुनुपर्छ ।

Results : 18619 - 18624 of 24011