नेपालको सुदूर पश्चिममा गाइने भाकालाई फिल्म 'भिमदत्त'मा समेटिएको छ । पश्चिमेली भाकामा तयार पारिएको 'भिमदत्त' फिल्मको गीत सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको छ ।
राणा कालमा कृषि क्रान्ती र प्रजातन्त्रको पक्षमा आवाज उठाएर साहदत प्राप्त गरेका भिमदत्त पन्तको जीवनकथामा आधारित रहेको फिल्म ‘भिमदत्त’को प्रस्तुत गीतमा मणि थापाको शब्द तथा संगीत छ भने स्वर राजेश पायल राई र सत्यकला राई (खड्का)को रहेको छ । भिडियोको करियोग्राफी फिल्म निर्देशक हिमग्याप टासी स्वयंले नै गरेका हुन् ।
‘भिमदत्त’ मा निर्माता नवल खड्का भिमदत्तको भूमिकामा प्रस्तुत भएका छन् । अभिनेत्री सुमीना घिमिरे भिमदत्तको पत्नी र अभिनेत्री निशा अधिकारी अनुसन्धानकर्ताको भूमिकामा प्रस्तुत भएका छन् । भिमदत्तको जन्मथलो डढेलधुरा लगायतका स्थानमा छायाँकन गरिएको फिल्ममा श्रीराम पुडासैनी, कविता शर्मा लगायतको भूमिका छ ।

