Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नीर शाहले `सेतो बाघ`लाई फिल्म र सिरियलमा उतार्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/02/04

डायमण्ड शमशेर राणाको अमर कृति 'सेतो बाघ'मा आधारित रहेर बरिष्ठ फिल्मकर्मी नीर शाहले मेगा सिरियल तथा फिल्म निर्माण गर्ने औपचारिक घोषणा गरेका छन् । श्रीपञ्चमीको अवसर पारेर मंगलबार राजधानीमा एक समारोहका विच शाहले फाल्गुनको पहिलो साताबाट सुटिङ शुरू गर्ने जानकारी गराए ।


९१ भागको मेगा सिरियल र २ घण्टा ३० मिनेटको फिल्मको सुटिङ एकसाथ गरिने जानकारी दिंदै शाहले सिरियललाई उपन्यासको फोटोकपीको रूपमा नै प्रस्तुत गर्ने बताए भने फिल्म तर्फ जंगबहादुर राणाको अन्तिम ३० दिनको कथालाई पर्दामा उतार्ने जानकारी दिए ।

 

साढे दुई बर्षको गृहकार्य पश्चात सुटिङ शुरू गर्न लागिएको 'सेतो बाघ'लाई काठमाण्डू उपत्यका, चितवन र मकवानपुरमा छायाँकन गरिने बताईएको छ । अडिसन मार्फत आएका ५७ जना नयाँ अनुहारहरूले फिल्ममा अभिनय गर्दैछन् । फिल्मलाई महाशक्ति मल्टी मिडिया प्राली र नीर सिनेमा प्रालीको प्रस्तुतीमा मंजेश्री राणा, पुरण राणा, रविन्द्र शमशेर राणा र डा. ख्याती राणाले निर्माण गर्दैछन् ।

 

उपन्यासलाई न्याय दिन फिल्म र सिरियलमा सुकुलदेखि परम्परागत झल्लर एवं बहुमुल्य बस्तुहरूको प्रयोगमा कुनै कन्जुस्याईं नगर्ने नीर शाहले बताए । झण्डै एक करोड लागतमा निर्माण हुन लागेको यो प्रोजेक्टमा शम्भूजीत बाँस्कोटाको संगीत, संजय लामाको छायाँकन तथा भेषभूषा संयोजन नीरा राणाको रहनेछ । नीर शाहकै पटकथा रहेको यो फिल्म र सिरियलको सुटिङ अवधी डेढ महिनाको राखिएको छ ।