अभिनेता विनय श्रेष्ठसँगको ब्रेकअप पश्चात 'लुट' फिल्मका निर्देशक निश्चल बस्नेतसँग अभिनेत्री ऋचा शर्माको सम्बन्धबारे फिल्म बजारमा हल्ला चले । चलेको या चलाईएको हल्ला ? यि दुबैले इन्कार गरे, कुरा बिस्तारै सेलायो । अहिले ऋचाको नयाँ सम्बन्धले मलेसियाको गर्मीमा अझै गरम बनायो ।
मलेसियामा आयोजना भएको छैटौ नेफ्टा फिल्म अवार्डमा जे देखियो त्यो सुन्दा सायद आश्चर्यमा नपर्ने कोही नहोला । नेफ्टा अवार्डका लागि करिब ७० जना फिल्मकर्मीको जम्बो टोलीका साथमा बिहिबार मलेसिया उडेकी ऋचा र 'मञ्जरी' फिल्मबाट डेब्यू गरेका अभिनेता गौरव पहारीको सम्बन्ध बुझ्न धेरै समय खर्चनु परेन । चार दिनमा यि दुईको प्रेम यसरी झाङगियो कि, त्यो कुनै फिल्मको दृश्यभन्दा कम थिएन ।
काठमाण्डूदेखि क्वालालम्पुरसम्मको हवाई यात्रामा मलेसियाका सेतिया सिटी, केएलसिसि, सि साईड, केलाङ, बाटु केभ ऋचा र गौरवको मौलाएको प्रेमको साक्षी बने । दिनभर एकसाथ देखिने यो जोडी मलेसियाको रात्री जीवनको मज्जा लुट्न समेत पछि परेनन् । अवार्ड सकिएको राती ऋचा र गौरवको साथमा निर्देशक निश्चल बस्नेत, अभिनेत्री बेनिशा हमाल र केहि मलेसियन नागरिक घुम्नका लागि केलाङबाट क्वालालम्पुर पुगेका थिए ।
२४ घण्टामा करिब १८ देखि २० घण्टा यो जोडी सँगै रहनुले पनि प्रेम रहेको प्रस्ट देखाउँछ । एकअर्काले गर्ने 'केयरिङ'ले पनि ऋचा र गौरब एकअर्काको प्रेममा ड्बेको प्रमाणित हुन्थ्यो । ऋचा गौरबसँग निकट देखितापनि निश्चलसँग टाढा भने देखिइनन् । गौरबलाई छुट्याएको समयको केहि हिस्सा निश्चललाई दिन ऋचा पछि परिनन् । मायालु स्वाभावकी ऋचाले निश्चल बिरामी हुँदा निकै 'केयर' गरिन् ।

मलेसियाको केलाङ शहरबाट एयरपोर्ट फर्कदा निश्चल बिरामी परे । निश्चलको बिरामी अवस्था देखेर ऋचाले आफूलाई थाम्न सकिनन् । गौरबसँग बसेकी ऋचा बिरामी निश्चलको सिटमा गएर बसिन् । उपस्थित अन्य फिल्मकर्मीलाई वास्ता नभए पनि ऋचाले बिरामी निश्चललाई आफू निष्ठुरी नभएको प्रमाणित गरिन् ।
गौरव भने सिटमा एक्लै बसेर निश्चलको सिघ्र स्वास्थ्यलाभको कामना गरेको बुझिन्थ्यो । निश्चललाई केहि ठिक भएपछि ऋचा पुन: गौरबकै सिटमा फर्किएकी थिईन् । ४ दिन पश्चात काठमाण्डू ओर्लेको फिल्मकर्मीको जम्बो टोली तितरबितर भयो ।

नेपाली फिल्म क्षेत्रमा कति बेला प्रेम हुन्छ र कति बेला टुट्छ कसैलाई पत्तो हुँदैन । गौरव र ऋचाको यो चार दिने प्रेम जुनी जुनीको हुन्छ कि पानीको फोका झैं हुन्छ, समयले नै बताउने छ ।

