Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकीको `मुटु`सँग प्रेमको सम्बन्ध

फिल्मीखबर, काठमाण्डौ, 2014/02/03

दिमाग, मुटु र मनको सम्बन्ध एकअर्कासँग जोडिएको हुन्छ । यि तीन कुरासँग प्रेम जोडिएको छ । कसैले प्रेम दिमागले सोचेर गर्छन् र मुटुमा सजाउँछन् भने कसैले मनले सोचेर मुटुमा सजाउँछन् । मनले मन पराएर मुटुमा बस्ने प्रेम निश्चल हुन्छ ।


माथीका भनाईहरूलाई अभिनेत्री केकी अधिकारीले आफ्नै तरिकाले परिभाषित गरेकी छिन् । केकीलाई लाग्छ, दिमागले सोचेर गरिने प्रेममा स्वार्थ हुन्छ । 'प्रेममा दिमाग चल्न थालेपछि मूल्याङ्कन हुन्छ । जब प्रेममा मूल्याङ्कन हुन्छ तब त्यो प्रेममा स्वार्थ देखिन्छ,' केकीले थपिन्- 'अहिले हुने अधिकांश प्रेमहरू 'मेकानिकल' लाग्छन् । 'मेकानिकल' प्रेम मुटुमा गएर बस्न सक्दैन ।

 

केकीलाई माया गर्छु भन्नेहरू धेरै छन् । उनलाई खुसी पनि लाग्छ तर उनी प्रेम हुन दुवैको मनले सोच्नु पर्ने धारणा राख्छिन् । टुटेपछि मुटुमा असर हुने प्रेममा विश्वास गर्ने केकीलाई लाग्छ 'फोर्स फुल लभ' हुनु हुँदैन । त्यसैले उनले आएका प्रस्तावहरूलाई स्विकार्न सकेकी छैनन् । प्रेम कहिले कोसँगा होला त ? केकी भन्छिन् -'मनले उचित समय आएपछि नै आफै मन पराउन थाल्छ । मुटुमा बस्ने मान्छे को हुन्छ र कहिले हुन्छ भन्ने जिज्ञासा म भित्र पनि छ ।'
 

फिल्मको पर्दामा धेरैलाई मुटुमा राखेकी केकीको मुटुसम्म पुग्ने प्रेम भएको छैन रे ! देख्ने बित्तिकै गरिने मायामा बिश्वास नगर्ने केकीले अहिलेसम्म कसैलाई मुटुमा नराखेको बताउँछिन् । यहि माघ २४ गते रिलिज हुन लागेको फिल्म 'मुटु'की अभिनेत्री केकी भन्छिन्- 'मनले मनपराएपछि मनपरेको मान्छे मुटुमा गएर बस्छ । मन परेको मान्छेलाई केहि भयो भने आफ्नो मुटु दुख्छ । यहि कुरालाई फिल्म 'मुटु'ले पनि प्रस्तुत गरेको छ ।'

 

आजभोली गरिने अधिकांश प्रेम नभएर आकर्षण मात्र रहेको केकीको ठम्याई छ । उनका अनुसार आकर्षणमा हुने प्रेम मुटुमा बस्दैन । मुटुसम्म नपुग्ने प्रेमले दिमागलाई असर गरेपनि मुटुलाई असर गर्दैन । जब मुटुलाई असर पर्दैन तब प्रेम हुँदैन ।