Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ह्याप्पी बर्थडे करिष्मा !

फिल्मीखबर, काठमाण्डौ, 2014/02/04

नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी सुन्दर अभिनेत्री करिष्मा मानन्धरको आज फेब्रुअरी ४ तारिखका दिन जन्मदिन हो । सर्वप्रथम करिष्मालाई ४४ औं जन्मदिनको शुभकामना !

 

'सन्तान' फिल्मबाट रजतपटमा प्रवेश गरेकी करिष्माले जन्मदिनमा भने कुनै बिशेष कार्यक्रम राखेकी छैनन् । श्रीमान बिनोद मानन्धर र छोरी कविताको जन्मदिनलाई भव्य रूपमा सेलिब्रेट गर्ने करिष्मा आफ्नो जन्मदिन भने मनाउन रूची राख्दिनन् । भन्छिन्- 'मेरो आफ्नो भनेकै बिनोद र कबु हुन् । मैले उहाँहरूको जन्मदिन मनाउँदा खुसी लाग्छ ।' यद्धपी लण्डनबाट सासुआमा आज आउने भएकाले परिवारसँग बसेर रमाईलो गर्ने करिष्माले बताईन् ।

 

पछिल्लो समय फिल्ममा खासै सक्रिय नदेखिएकी करिष्माले फिल्म निर्माणमा सोचे अनुरूपले सफलता पाईनन् । अब भने उनी फिल्म निर्देशन गर्ने तयारीमा छिन् । राम्रो स्क्रिप्टको खोजीमा रहेकी करिष्मा छिट्टै नै निर्देशक बन्ने बताईन् । केहि बर्ष अमेरिकामा बिताएकी करिष्मा करिष्मालाई आगामी फिल्मी करियरको सफलताको कामना सहित जन्मदिनको शुभकामना !