Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बुद्धिस्ट बालगृहका लागि `ठकठकेहरू`

फिल्मीखबर, काठमाण्डौ, 2014/02/17

जोरपाटीमा रहेको बुद्धिस्ट बालगृहको सहयोगार्थ लघु फिल्म ‘ठकठकेहरू’को च्यारिटी गरिएको छ । चावहिलस्थित केएल टावरमा आज (फागुन ५) दिउँसो ३ बजे सागर लामिछाने निर्देशित यस फिल्मको च्यारिटी गरियो । जहाँ पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द प्रमुख अतिथि थिए ।

 

 

आफ्नै कृति माथि बनेको सर्ट फिल्मको च्यारिटीका बारे पूर्व प्रधानमन्त्री चन्दले भने, ‘सामाजिक सेवामा फिल्मको संलग्नता प्रशंसनिय छ ।’ त्यस्तै बिगत १५ बर्षदेखि बालगृह सञ्चालन गर्दै आएकी अध्यक्ष दुर्गा मैनालीले 'ठकठकेहरू' युनिट प्रति आभार व्यक्त गरिन् । च्यारिटीबाट उठेको सम्पूर्ण रकम बालगृहमा रहंदै आएका बालबालिकाको आवास तथा पढाइमा खर्च गरिने उनले बताइन् ।

 

एउटा कविलाई कविता लेख्न कुन-कुन तत्वले असर गर्छन् ? भन्ने कुरा ‘ठकठकेहरू’मा देखाउने खोजिएको छ । जहाँ अभिनेता भुपेन चन्दले मुख्य भूमिका निभाएका छन् । भुपेन पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा हुन् । सौजन्य सुब्बाको सह-निर्देशन रहेको ‘ठकठकेहरू’मा भुपेनसँगै जितु नेपाल, सौजन्य सुब्बा, रवि गिरी, केशव चन्दको पनि मुख्य भूमिका छ ।