Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फिटकिरी’ निर्माताको `इनिसियल` हान्ने दाबी

फिल्मीखबर, काठमाण्डौ, 2014/02/18

‘फिटकिरी’ निर्माता अर्जुन कुमारले आफ्नो फिल्मले इनिसियल हान्ने दाबी गरेका छन् । अर्थात् ‘फिटकिरी’ को सुरुको दुई दिनको सबै शो हाउसफुल हुने अर्जुनको दाबी छ ।

 

अनुप बराको डेव्य निर्देशन रहेको यो फिल्म चैत ७ गते अल नेपाल प्रदर्शन हुदैछ । ‘फिटकिरी’ ले कसरी इनिसियल हान्छ त ? निर्माता कारण पहिल्याउँछन्, ‘फिल्मको कथावस्तु बलियो छ । लुट निर्देशक निश्चल बस्नेतलाई फिल्ममा देख्न सकिन्छ । अनुप बरालको पहिलो निर्देशकीय फिल्मलाई दर्शकले प्रतिक्षा गरेका छन् ।’

 

त्यस्तै चपली हाइट ब्यानरको क्रेजले पनि दर्शक हलमा आउने उनले दाबी गरे । अप्रिल ६ तारिखमा ‘फिटकिरी’ को हङकङमा शो हुँदैछ । अन्य देशमा पनि फिल्म प्रदर्शन गर्नेबारे प्रक्रिया भैरहेको निर्माता कुमारले जानकारी दिए । ‘फिटकिरी’मा सौगात मल्ल, निश्चल बस्नेत, दीया मास्के, शान्ति गिरी, लक्ष्मी गिरी, धिरेन्द्र प्रेमर्शी लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

यसअघि 'द युगदेखि युगसम्म' र 'चपली हाईट' निर्माण गरेका अर्जुनको पहिलो फिल्मले खासै राम्रो व्यापार नगरेपनि 'चपली हाइट' ब्लकबस्टर भएको थियो । सेक्स कन्टेन्ट नबोकेको फिल्म 'फिटकिरी'ले निर्माताले दाबी गरेजस्तै इनिसिय हान्ला ?