Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

निर्देशकसँग रिलेसनसिपमा रहेकी बिनिता भन्छिन्, `बिहे गरेको छैन`

फिल्मीखबर, काठमाण्डौ, 2014/02/18

निर्देशक निरञ्जन पाण्डेसँग सुटुक्क बिहे गरेर बसेको भन्ने हल्लालाई अभिनेत्री बिनिता बरालले अस्विकार गरेकी छिन् । बिहेलाई अस्विकार गरेकी बिनिताले निर्देशक पाण्डेसँग ‘इन रिलेसनसिप’ मा रहेको भने स्विकार गरेकी छिन् ।

 

बिनिताले ठट्यौली शैलीमा भनिन्, ‘मिडियाले गर्दा नै हाम्रो माया बस्यो । माया बसेपनि बिहे भने गरेको छैन ।’ ‘चपली हाइट’बाट चम्किएकी बिनिताले तत्काल बिहे गर्ने कुनै योजना नरहेको बताएकी छिन् ।

 

तीन वटा फिल्म खेलेर बिनिता हाल तरकारी खेती गर्न लागेकी छिन् । तरकारी खेतीसँगै म्युजिक भिडियो, विज्ञापन तथा केही समयअघि एउटा स्टेज नाटकमा अभिनय गरेकी बिनिताको दोस्रो फिल्म ‘सुपरहिट’ प्रदर्शनको क्रममा छ । बिनिताका प्रेमी पाण्डे सुपरहिटकै निर्देशक मध्ये एक हुन् । चितवन स्थायी घर भएकी बिनिताका प्रेमीको घर भने काठमाण्डौमा नै हो ।