Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`चारुमती`मा सौगात र केकीको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2014/02/18

अभिनेता सौगात मल्ल र अभिनेत्री केकी अधिकारीको जोडी जम्ने भएको छ । फिल्ममा हैन, सौगात र केकीको जोडी नाटकमा जम्दैछ ।

 

 

झन्डै एक सातादेखि सौगात र केकी लाजिम्पाटको थिएटर भिलेजमा नाटक रिहर्लसलमा व्यस्त छ । विमल सुवेदीको निर्देशन रहने करिब एक घण्टा लामो ‘चारुमती’मा केकी शिर्ष भूमिका र सौगात देवपालको भूमिकामा प्रस्तुत हुँदैछ । सौगातको पृष्ठभूमि नाटक भएपनि केकी पहिलो पटक स्टेजमा नाटक प्रस्तुत गर्दैछिन् ।

 

सौगात, केकी, देशभक्त खनाल, अरुणा कार्की र राजकुमार पुँडासैनी लगायतको अभिनय रहेन ‘चारुमती’ एक महिना पश्चात मञ्चन गरिनेछ । अनुप बराल निर्देशित ‘कोर्ट मार्सल’ नाटक पछिल्लो समय सर्वाधिक हिट भयो । निर्देशक बरालले अभिनेता राजेश हमाललाई नाटकमा पहिलो पटका उतारेका थिए । केही महिना अघि अभिनेत्री बिनिता बरालले पनि महिला हिंसा बिरुद्धको नाटकमा अभिनय गरेकी थिइन् । थिएटर भिलेजको मञ्चमा सौगात र केकीको जोडी कत्तिको जम्ला ?