यसअघि ‘आचार्य’ जस्तो कलात्मक फिल्म निर्माण गरेको सिल्क रुट कम्पनीको आउने फिल्ममा अभिनेताद्धय विराज भट्ट र आर्यन सिग्देल अनुबन्धित भएका छन् । शिर्षक जुर्न बाँकी फिल्ममा विराज र आर्यन मुख्क भूमिकाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको निर्देशक ऋषी लामिछानेले फिल्मीखबरलाई जानकारी दिए ।
चैतको दोस्रो सातादेखि फिल्म फ्लोरमा जाने जानकारी दिदैं निर्देशक लामिाछाने विराज र आर्यनको फिल्ममा भूमिका बारे भन्छन्, ‘उनीहरु एक अर्काको प्रतिस्पर्धी र मित्र दुवै हुन् । एक्सन लभ स्टोरीमा विराज र आर्यनको महत्वपुर्ण भूमिका हुनेछ ।’ अभिनेता सिग्देलको डेव्यु रेखा फिल्मस्को ‘किस्मत’ मा विराजसँगै देखिएका थिए । ‘किस्मत’ मा विराज र आर्यनको अपोजिटमा अभिनेत्री रेखा थापा थिइन् ।
रेखासँग विराज र आर्यन दुवैको बोलचाल बन्द भएको लामो समय भैसकेको छ । प्रोडक्सन म्यानेजर अरुण रेग्मीको फिल्ममा ‘झोले’ अभिनेत्री प्रियंका कार्कीसँग विराज र आर्यनको अपोजिटका लागि मौखिक रुपमा फाइनल भैसकेको निर्देशक लामिछानेले बताएका छन् । फिल्ममा संगीत बसन्त सापकोटाको हुनेछ भने पटकथा शिवम अधिकारीको हो । ‘किस्मत’ पश्चात एक्सन स्टार र लभर व्यायलाई व्यावसायिक प्रतिस्पर्धाका कारण निर्माता तथा निर्देशकले दोहोर्याउन सकिरहेका थिएनन् ।
निर्देशक लामिछाने भन्छन्, ‘दुवैको सहमतीबाटै सँगै फिल्म खेल्ने सम्झौता भएको हो । सँगै काम गर्न विराज र आर्यन दुवै जना उत्साहित छन् ।’ आर्यन यतिबेला सुटिङ सँगै ‘नोभेम्वर रेन’ फिल्म बनाएर निर्मात बनेका छन् भने विराज भोजपुरी फिल्ममा व्यस्त छन् ।

