Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

प्रेमीसँग बिहे गर्दै रेजिना

फिल्मीखबर, काठमाण्डौ, 2014/02/19

सञ्चारमाध्यममा बिभिन्न कारणले बेलाबेला चर्चा पाईरहने अभिनेत्री रेजिना उप्रेतीले फाल्गुन १० शनिबार लगनगाँठो कस्दै छिन् । लण्डनमा बस्दै आएका सुरज पोखरेलसँग प्रेमपछिको बिबाह गर्न लागेकी हुन् ।

 


 

'वरदान' फिल्म निर्माणमा असफलता पाएसँगै फिल्म क्षेत्रबाट टाढिने मनस्थिती बनाएकी रेजिनाले बिहेमा अधिकांश फिल्मकर्मी र सञ्चारकर्मीलाई निम्तो दिएकी छिन् । धादिङ घर भएकी रेजिना धादिङकै सुरजसँग केहि बर्षदेखि प्रेममा रहँदै आएकी थिईन् । केहि समय लण्डमा प्रेमीसँग बसेकी रेजिनालाई दाम्पत्य जीवनको शुभकामना !