Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सत्यदीप`को गीत रेकर्डिङ

फिल्मीखबर, काठमाण्डौ, 2014/02/19

एस.बि.आर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म 'सत्यदीप'को गीत रेकर्डिङ सुरु भएको छ । बुधबार पुतलीसडक स्थित एवान म्युजिसियन स्टुडियोमा फिल्मको ‘मबाट टाढा...’ बोलको गीत  रेकर्डिङ गरिएको हो ।

 


अर्जुन पोखरेलको संगीत रहने फिल्म 'सत्यदीप'को ‘मबाट टाढा...’ बोलको गीत सबिना केसीले आफ्नो स्वरमा रेकर्ड गराइन् । एक सांगीतिक मनोरञ्जनात्मक बिषयबस्तुमा निर्माण हुन लागेको ‘सत्यदिप’लाई पुष्कर घिमिरेले निर्देशन गर्नेछन् । थुप्रै फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेका पुष्कारको यो पहिलो निर्देशन हुनेछ । फिल्मका निर्माता बिनय राम श्रेष्ठ हुन् ।


यहि फागुनको अत्यबाट छायांकनमा जाने बताईको यस फिल्ममा दिव्यश्वर गौतम, सबिना केसी, जेनी सिंह राणा लगायतका कलाकारको अभिनय रहने छ । संगीतकार अर्जुन पोखरेलले यसमा निकै गहन संगीत दिएको बताए । उपत्यका र केही दृश्य उपत्यका बाहिर छायांकन गरिने बताइएको यस फिल्मको छायाँकार शम्भु सापकोटा हुन् ।