पहिलो फिल्म ‘मेरो राजेश दाई’ बनाएर दर्शकमाझ निर्माताको परिचय बनाएका सन्देश बराइली दोस्रो फिल्म 'एक्सिडेन्ट' लिएर आउँदै छन् । उनको फिल्म पोष्टप्रोडक्सनको अन्तिम चरणमा छ ।
.jpg)
अभिनेता मुकेश ढकाल
केही डकुमेन्ट्री बनाएका निर्देशक कृष्ण अविरलले निर्देशन गरेको 'एक्सिडेन्ट' फिल्ममा निर्देशक अविरलकै कथा रहेको छ । सडक दुर्घटनाको अलवा मानिसको जीवनमा सानो गल्ती र कमजोरीले सृजना हुने समस्या र जीवनमा घट्ने दुर्घटनालाई फिल्ममा देखाएको निर्माता बराइलीले वताए । समाजको यथार्थ घटनामा आधारित भएकोले यो फिल्म चल्नेमा निर्माता आशावादी देखिए ।
पहिलो पटक ठुलो पर्दाको फिल्म निर्देशन गर्दा चुनौतीको सामना गर्नुपरे पनि 'एक्सिडेन्ट' व्यवसायिक रुपमा सफल हुनेमा ढुक्क रहेको निर्देशक अविरलको दावी छ । बसन्त सापकोटाको संगीत, गणेश श्रेष्ठको छायांकन, रोशन श्रेष्ठको द्धन्द, जेक्सन शाहीको नृत्य निर्देशन रहेको फिल्ममा मुकेश ढकाल, अभय चन्द, किरन थापा, सानु सोयालको मुख्य भूमिका रहेको छ । केही दिन अघि मात्र डविङ कार्य सकिएको फिल्म 'एक्सिडेन्ट'लाई नयाँ वर्षमा प्रर्दशन गरिने निर्माता बराइलीले फिल्मीखबरलाई जानकारी गराए ।

