यसअघि अडियोमा निकै रूचाईएको फिल्म 'नोभेम्बर रेन'को 'स्याड भर्सन'को 'पलभरमै पीडा' बोलको म्युजिक भिडियो रिलिज गरिएको छ । भिडियोमा नम्रताले प्रेममा पीडा पाएको भाव पोखेकी छिन् ।
यहि चैत्र १४ गते रिलिज हुन लागेको पूर्ण प्रेमकथानक फिल्म 'नोभेम्बर रेन'को प्रस्तुत गीतमा ताराप्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द तथा युवराज चौलागाईं, रजिना रिमाल र मेलिना राईको स्वर रहेको छ । गीतमा नम्रतासँगै अभिनेता आर्यन सिग्देल र अभिनेत्री छुल्ठिम गुरूङ फिचर छन् । गीतमा यि तीनै पात्रका मायामा पाएको पीडाका भाव पोखिएका छन् ।
फिल्म 'नोभेम्बर रेन'लाई दिनेश राउतले निर्देशन गरेका हुन् । सुवास गिरीको लगानी रहेको यो फिल्ममा केशव भट्टराई, शिरिष राणा, हिउँवाला गौतम, अमितेश शाह लगायतका कलाकारको पनि अभिनय रहेको छ । छेतन गुरूङको कथा रहेको यो फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

