Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

`हिम्मतवाली` रेखा २ लाख तिरेर २ घण्टा उँटमाथि

फिल्मीखबर, काठमाण्डौ, 2014/03/04

अभिनेत्री रेखा थापाले निर्माण गर्दै गरेको फिल्म ‘हिम्मतवाली’मा उँटको प्रयोग गरिएको छ । फिल्मकै लागि मरुभूमिमा पाइने उँटलाई राजस्थानबाट झिकाइएको रेखाले बताइन् ।

 

 

रेखा उँटमाथि चढेको दृश्यलाई फागुन १९ गते महेन्द्रनगरको झलारीमा छायाँकन गरिएको छ । करिब २ घण्टा लगाएर उँटको छायाँकन गर्दा पारिश्रमीक दुई लाख रुपैयाँ तिरेको ‘हिम्मतवाली’ रेखाले दाबी गरेकी छिन् । फिल्मीखबरसँग रेखाले भनिन्, ‘दर्शकलाई भेराइटिज दिन र फिल्मको कथा अनुसार पनि मेल खाने भएकाले उँटलाई फिल्ममा प्रयोग गरिएको हो ।’

 

दुई घण्टा उँट माथि चढेर सट दिएकी रेखा सुनाउँछिन्, ‘उँट माथि बस्दा डर भन्दा पनि रमाइलो लाग्यो । उसलाई रिस उठाएन भने माया गर्ने रहेछ ।’ घोडा चढेर फिल्मको सुटिङ प्रारम्भ गरेकी रेखाले अबको बीस दिनमा महेन्द्रनगरको सुट प्याक हुने जानकारी दिइन् । बाँकी सुटिङ काठमाडौंमा हुनेछ ।

 

श्याम भट्टराई निर्देशित फिल्म एक्सन शैलीको हुने बताइएको छ । रामशरण उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको ‘हिम्मतवाली’ मा बसन्त सापकोटा र टंक बुढाथोकीको संगीत छ । नारी प्रधानसँगै सन्देशमुलक फिल्म रहेको बताउने रेखाले दशैंलाई प्रदर्शनको लक्ष्य राखेकी छिन् ।