करिश्मा मानन्धरको गोदावरी निवासमा अभिनेत्री अरूणिमा लम्साल र सञ्चिता लुईटेल होलीको रंगमा मात्रै रंगिएनन् । उनीहरू धक फुकाएर नाचे ।



होली खेल्ने कार्यक्रम प्रारम्भ भएको ११ बजे नै करिश्मा निवास निवासमा पुगेकी अरूणिमा आफु मात्रै नाचिनन् उनले अभिनेता दिलिप रायमाझी, मुकेश ढकाल र अमेरिकाबाट फर्किएका अर्का अभिनेता रमेश उप्रेतीलाई पनि तानी तानी नचाइन् । करिश्मा निवासमा समकालिन कलाकारमध्ये अरूणिमा र सञ्चिता नै बढी प्रफुल्लित देखिए ।
अरूणिमा र सञ्चिता आकाशकी चरी उडे झैं नाचेको देख्दा हेर्नेहरू पनि छक्क परे । उनीहरू किन त्यसरी नाचे ? कारण पत्ता लगाउन मुस्किलै परेन । केही महिनादेखि मन्टेश्वेरी जान थालेकी छोरीलाई अरूणिमाले घरमै छोडेर आएकी रहिछन् । यस्तै अभिनेत्री लुईटेलले पनि आफ्ना दुई नाबालक सन्तानलाई घरमा छोडेर होली खेल्न पुगेकी हुन् । लामो समयपछि यसरी निर्धक्कका साथ नाच्दा चरी जस्तो किन नदेखिउन् त ?

