Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

घातक प्रिमियर !

फिल्मीखबर, काठमाण्डौ, 2014/03/15

फिल्मको राम्रा पक्षले प्रचार पाउन र व्यवसायलाई सघाउ पुगोस् भनेर प्रिमियर गर्ने प्रचलन छ । एक समय हराएको प्रिमियर गर्ने प्रचलनलाई पछिल्ला केही निर्माताले निरञ्तरता दिएका छन् । विडम्वना प्रिमियर भएका अधिकांश फिल्मले व्यवसायिक घाटा बेहोरेका उदाहरण छन् ।

 

बर्ष ०७० को शुरूवातमा सेक्स साइक्लोजीमा आधारित फिल्म ‘साँघुरो’ले प्रिमियर शो गर्यो । प्रिमियर शोमा सहभागीले कलाकारदेखि निर्देशक जोयश पाण्डेले उत्कृष्ट काम गरेको भनी प्रतिक्रिया दिए । तर, जब फिल्म सार्वजनिक प्रदर्शन भयो, ‘साँघुरो’ले फराकिलो व्यापार गर्न सकेन । त्यस्तै निर्देशक दीपा बस्नेतको डेव्यु फिल्म ‘अन्तराल’ले पनि प्रिमियर शोमा खुवै वाही वाही पायो । तर, हलमा ‘अन्तराल’लाई वाही वाही भन्ने दर्शकको जमात कम देखियो ।

 

प्रिमियर गरेका मध्ये ‘कर्कश’ फिल्मले नेपालको सार्वजनिक व्यापारबाट मुस्किलले लगानी उठायो तर प्रिमियरमा ‘वाह’ भनिएको फिल्म ‘महसुश’का निर्माता कल्याण घिमिरेले लगानी उठान सकेनन् । उस्तै सुनिने ‘मधुमास’ फिल्मको पनि व्यापारिक पाटो निराशको रह्यो । जुन फिल्मको प्रिमियर गरिएको थियो । त्यस्तै सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘बितेका पल’को पनि ग्रान्ड प्रिमियर गरियो । फिल्मले प्रतिक्रिया राम्रो पायो । तर, 'बितेका पल'ले निर्मातालाई खुसीको पल दिएन ।

 

मेरुदण्ड पक्षघात भएका प्रविन श्रेष्ठले निर्देशन गरेको ‘मोक्ष’ फिल्मले प्रिमियरमा निकै राम्रो तारिफ पायो । तर, सार्वजनिक प्रदर्शनमा फिल्मले लज्जास्पद व्यापार गर्यो । निर्माता सुनिल मानन्धरले नेपाल रिलिजबाट मोक्षको लगानी उठाउन सकेनन् । निर्देशक सम्झना रौनियार उप्रेती निर्देशित फिल्म ‘मेघा’को प्रिमियरमा चर्चा भयो तर हलमा पानी पार्न सकेन । रौनियार दम्पती फिल्मबाट पुरै घाटामा गए । त्यस्तै गत साता प्रदर्शन भएको फिल्म ‘ऋतु’को पनि प्रिमियर गरियो । ‘ऋतु’ को पनि नेपालमा उत्साहको व्यापार हुन सकेन ।