फिल्म ‘श्री ५ अम्बरे’ मा अभिनेता सौगात मल्ल र अभिनेत्री केकी अधिकारी मुख्य कलाकारको रुपमा फाइनल भएका छन् । ‘अन्तराल’ निर्देशक दिपा बस्नेतले निर्देशन गर्ने यस फिल्ममा सौगात र केकी पहिलो पटक स्क्रिनमा सँगै देखिन लागेका हुन् ।
.jpg)
अमृत अग्रवाल निर्माता रहेको ‘श्री ५ अम्बरे’ मा ट्रियु इन्टरटेनर्स र जीवनसाथी फिल्मस्को संयुक्त व्यानरमा निर्माण हुनेछ । सौगात र केकीसँगै ‘श्री ५ अम्बरे’ का अन्य कलाकारहरु पनि फाइनल भएका छन् । बिक्रम सिंह, मतिन खान, लोकमणी सापकोटा, अर्चना देलाल सहित अडिसनबाट छानिएका कलाकारहरुमा सृजना अधिकारी, दिवाज राई, विरल अधिकारी, सफोला भट्टराई, सरोज बस्नेत, रुपक रम्तेल, राजेश बुढाथोकी, सुदीप कार्की, अनन्य गौताम, अमर लामा, अभय लामा, प्रतिमा ढकाल, सुशान्त कार्की, आस्था सिजापती, सतीस अधिकारी छन् ।

‘श्री ५ अम्बरे’लाई ‘अन्तराल’का स्क्रिप्ट राईटर अभिमन्यू निरवीले लेखेका हुन् । बाँकी कलाकार तथा प्राविधिकको नाम औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिने निर्देशक बस्नेतले बताइन् । ‘श्री ५ अम्बरे’ को हाल काठमाण्डौको धुम्बाराईस्थित ट्रियु इन्टरटेनर्सको कार्यालयमा वर्कसप चल्दैछ । फिल्मको सुटिङ चैत्र १० गतेबाट शुरू गरिने भएको छ ।

