बर्ष २०७०को होलीमा फिल्मकर्मीले हंगामा मच्याए । अभिनेत्री करिश्मा मानन्धरको गोदावरी निवासदेखि सुदुरपश्चिमको महेन्द्रनगरस्थित फिल्म ‘हिम्मतवाली’को सुटिङ स्थलसम्म फिल्मकर्मीले एक आपसमा रंग लगाएर आत्मियता साटासाट गरे ।
गत बर्षहरुमा झैं यस पटक पनि अभिनेत्री मानन्धरले गोदावरी निवासमा होली खेल्ने कार्यक्रमको आयोजना गरिन् । बिहान ११ बजेदेखि सुरु भएको करिश्मा निवासमा अभिनेता राजेश हमाल सहित अमेरिकाबाट केहि दिन अगाडी मात्र फर्किएका कलाकारद्धय गौरी मल्ल र रमेश उप्रेतीदेखि दर्जन बढी फिल्मकर्मी सहभागी थिए । खानपिन सहितको होली कार्यक्रममा करिश्माका पति विनोद मानन्धरको जन्मदिनको केक काटिएको थियो । हरेक होलीको दिन निर्माता समेत रहेका मानन्धरको जन्मदिनको केक काटिने गरिन्छ ।
करिष्मा निवासमा दिनभरजसो फिल्मकर्मी रंगसँग खेल्दै नाचगानमा व्यस्त रहे । अबेर गरि होली खेल्न गोदावरी पुगेका अभिनेता राजेश हमाल बिशेष आकर्षणको पात्र बने । राजेशलाई करिष्माले रंग दलेर स्वागत गरिन् भने हमालले उनीसँग कम्मर मर्काउँदै डान्स गरे । राजेशले उपस्थित सबैलाई होलीको शुभकामना समेत दिए ।
कृष्ण मल्ल, सर्मिला मल्ल, शिव श्रेष्ठ, अशोक शर्मा, संचिता लुइँटेल, अरुणिमा लम्साल, झरना थापा, निर्मल शर्मा, दिलिप रायमाझी, मेलिना मानन्धर, मुकेश ढकाल, नन्दिता केसी, सौजन्य सुब्बा, सुमिना घिमिरे, सुस्मा कार्की, नीता ढुङ्गाना, अशिष्मा नकर्मी, हर्षिका श्रेष्ठ, अनुप बराल, सौगात मल्ल, दिया मास्के, सुरज सुब्बा लगायत दर्जनौं फिल्मकर्मी करिश्मा निवासमा रंग खेल्न पुगेका थिए ।
त्यस्तै चैत २१ गते प्रदर्शन हुने फिल्म 'आधी बाटो' युनिटबाट निर्देशक सविर श्रेष्ठ, निर्माता रमेश त्वयना, कलाकार यश कुमार, जेनिशा केसी, अनु शाह, सबिन श्रेष्ठ त्यहाँ पुगेका थिए । यही आउँदो शुक्रबार चैत ७ गते प्रदर्शन हुने ‘फिटकिरी’ फिल्म युनिटले रंग पत्रकारको टोलीलाई होली खेल्न जिपको व्यवस्था गरेको थियो । रंग पत्रकारको टोली बसुन्धरास्थित ओसिस क्याफेमा ‘फिटकिरी’ युनिटसँग होली मनाएर करिश्मा निवास गोदावरी पुगेको थियो ।
गत वर्ष झै निर्माता छवि ओझाले मध्य बानेश्वरको नमस्ते नेपाल कार्यालयमा होली मनाए । अभिनेत्री नम्रता श्रेष्ठले लाजिम्पाटको एटिक क्याफेमा निकटतमसँग होली मनाइन् । अनामनगरको मण्डला नाटकघरमा पनि गत वर्ष झैं नाटकघरका कलाकारले होली खेले । यस्तै निर्माणको क्रममा रहेको फिल्म 'श्री ५ अम्बरे' युनिटले पनि आफ्नो कार्यालयमा होली मनायो । अभिनेत्री रेखा थापाले फिल्म ‘हिम्मतवाली’ को सुटिङ स्थल महेन्द्रनगरमै फिल्म युनिटसँग होली मनाइन् भने पाल्पामा छायाँकनरत फिल्म ‘प्रवास’ युनिटले पनि सुटिङका सदस्यसँग होली खेल्यो ।


.jpg)
.jpg)
.jpg)

.jpg)

.jpg)
.jpg)


