अनुप बरालको डेव्यु निर्देशकिय फिल्म 'फिटकिरी'लाई प्रदर्शन अगावै मोटो रकम हात परेको छ । नेपाल र विदेशमा भएका प्रदर्शनाधिकार बिक्रिबाट फिटकिरीलाई ३३ लाख रुपैयाँ हात पर्ने भएको हो ।
निर्माता सुमित मैनालीका अनुसार यो फिल्म डेनमार्क र फिनल्यान्डमा डेढ/डेढ लाख एवं जापानमा ३ लाख ७५ हजार रुपैयाँमा बिक्री भैसकेको छ । त्यस्तै अष्ट्रेलियाका लागि साढे ७ लाखमा फिल्मको प्रदर्शनाधिकार बिक्री भएको छ । 'फिटकिरी' बेलायतमा ६ लाख, अमेरिका र मलेसियामा पाँच लाख, दुबइ तथा कतारमा डेढ लाख रुपैयाँमा डिल भइसकेको निर्माता मैनाली जानकारी दिन्छन् । अन्य पाँच राष्ट्रमा पनि फिल्म बिक्री प्रक्रिया बारे कुरा चलिरहेको उनले दाबी गरे ।
सस्पेन्स थ्रिलर श्रेणीको फिटकिरीलाई विभिन्न देशमा किन्ने क्रम जारी रहेको निर्माता मैनालीको दाबी छ । विदेशमा प्रायः फिल्म नेपालमा प्रदर्शन भएर राम्रो व्यापार तथा प्रतिक्रिया आएपछि मात्रै किन्ने गरिन्छ तर सौगात मल्ल र दिया मास्के अभिनित यस फिल्म विपरित देखिएको छ । गायक अर्जुन कुमारको समेत लगानी रहेको यो फिल्म प्रचार सहित ७० लाख निर्माण लागत भएको दाबी गरिएको छ ।

