Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`ऋतु`बाट रिमालाई हर्ष न विस्मत !

फिल्मीखबर, काठमाण्डौ, 2014/03/20

‘स्वर’ डेव्यु अभिनेत्री रिमा विश्वकर्माका फिल्म कम म्यूजिक भिडियो बढी रिलिज हुने गर्दछन् । त्यसैले रिमाको फिल्म वृत्तमा त्यती चर्चा हुने गर्दैन जति चर्चा उनीसँगै डेव्यु गरेका केकी अधिकारी र वेनिशा हमालको हुने गर्दछ ।

 

सुन्दरी भएर पनि फिल्म खेलेर त्यती चर्चामा आउन नसकेकी रिमा अभिनित पछिल्लो फिल्म ‘ऋतु’ले भने उनको फिल्मी करिअरलाई केही गर्माउने अड्कल गरिएको थियो । तर, अड्कल गरिएजस्तो भएन । नेपालमा फिल्मै नचलेपछि रिमाको चर्चा स्वतः भएन । ‘ऋतु’मा राम्रो अभिनय गरेर पनि फिल्ममा उनले आफ्नो स्वर डबिङ गराउन पाइनन् । पात्रलाई नेगेटिभ देखाउन भन्दै निर्माण युनिटले अर्की अभिनेत्री ऋचा शर्माको स्वरलाई रेकर्ड गरायो ।

 

‘ऋतु’बाट रिमा मिस नेपाल मलिना जोशीको प्रकाशबाट छायाँमा परिन् । बरु उनी आफ्नो प्रेमीका कारण प्रकाशमा आइन् । ‘राहदानी’ फिल्ममा आइटम नृत्य पस्केकी रिमाको लागि ‘ऋतु’ फिल्म 'कागलाई बेल पाक्यो हर्ष न विस्मत' जस्तै भएको फिल्म बजारमा विश्लेषण छ ।