Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`तक्मे बुढा` बलिउड जाँदै । `अधकट्टी` युनिटमा तनाव

फिल्मीखबर, काठमाण्डौ, 2014/03/19

'तक्मे बुढा'को नामले प्रख्यात अभिनेता विल्सन विक्रम राईले अर्का अभिनेता सुनील थापाको पहलमा बलिउडको यात्रा तय गर्ने भएका छन् । विल्सनले निर्देशक आशुतोष गोवारीकेरको नयाँ टिभी सिरियल खेल्न लागेका हुन् ।

 

हाल 'अधकट्टी' फिल्ममा व्यस्त रहेका विल्सनलाई एक साता पश्चात बलिउड निम्तो गरिएको छ । विल्सन बलिउड जाने तयारी गर्दा सुटिङ भईरहेको फिल्म 'अधकट्टी' युनिटलाई भने तनाव भएको छ । सुटिङ सकिनु अगावै विल्सनलाई बलिउडबाट बोलाईएपछि युनिटमा तनाव सिर्जना भएको हो । अहिले सुटिङ युनिट विल्सनको समय तालिका कसरी मिलाउने भन्ने छलफलमा रहेको बुझिएको छ ।
 

‘लगान’, ‘स्वदेश’ तथा ‘जोधा अकबर ’ जस्तो चर्चित फिल्म बनाएका निर्देशक गोवारीकेरको नयाँ टिभी सिरियलमा विल्सन हिमाञ्चल प्रदेशको एक शेर्पाको भूमिकामा देखिने बताईन्छ । स्टार प्लसबाट अनएयर हुने उक्त सिरियलमा अभिनय गर्न उनी चैत्र १४ गते भारत प्रस्थान गर्दैछन् ।