मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्मालाई आमा बन्न केको आपत्ती ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/23

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने साप्ताहिक टक शो ‘दिशानिर्देश’ मा पर्दामा आमाको भूमिका निर्वाह गर्नुहुन्छ ? भन्ने प्रश्नमा अभिनेत्री करिश्मा मानन्धरले आपत्ती जनाएकी छिन् ।

 

सञ्चारकर्मी विजयकुमारको जिज्ञासामा चालिस प्लस अभिनेत्रीले भनेकी छिन्, ‘चलिरहेका रेखा, आर्यन लगायत एबीसी हिरो हिरोइनको आमा भएर म किन फिल्म खेलुँ ? अब मैले कसलाई के देखाउनु छ र ?’ करिश्माले आक्रोशित मुडमा भनेकी छिन्, ‘मैले पुग्दो फिल्म खेलिसकें । मलाई अब कुनै रहर पूरा गर्नु पर्ने छैन ।’

 

आगामी दिनमा आफू केन्द्रित फिल्ममा मात्रै अभिनय गर्ने करिश्माले धारणा व्यक्त गरेकी छिन् । करिश्माले यस्तो धारणा दिएपनि ‘किन किन’ लगायत केही फिल्ममा आमाको भूमिका निभाइ सकेकी छिन् ।

 

फिल्म क्षेत्रमा दुई दशक बढी कटाएकी करिश्माले चालिस प्लसको उमेरमा आएर किन आमाको भूमिका निर्वाह गर्दिन भनिन् ? उनीनै जानुन् ।