Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`कमला`मा सविन : रेखाले के गर्लिन् ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/24

‘कमला’ नाम दिएर हरर फिल्मको छायाँकन सुरु गरिएको छ । समिर मियाँ निर्देशित ‘कमला’ मा अभिनेता सविन श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । हरर फिल्मको छायाँकन काठमाडौंमा र चरिकोटमा हुने निर्देशक मियाँले फिल्मीखबरलाई जानकारी दिए ।

 

 

‘कमला’मा सविनको साथमा सलोनी गुरुङ र सुलेमान शंकर ‘इकु’को मुख्य भूमिका रहनेछ । सलोनी ‘कमला’ को निर्माता समेत हुन् । उनी सँगै ‘कमला’ मा निर्देशक मियाँ र पूर्ण महर्जनको संयुक्त लगानी रहनेछ । ‘कमला’ मा विनोद सापकोटाको छायाँकन, ओम सुनुवारको संगीत र सुरेश चौधरीको पटकथा एवं नृत्य निर्देशन छ ।

 

अभिनेत्री रेखा थापाले पनि ‘कमला’ फिल्म निर्माण गर्ने घोषणा गरेकी थिइन् । ‘कमला’लाई धकेलेर ‘हिम्मतवाली’ निर्माण एवं निर्देशन गरेकी थापाले ‘कमला’ शिर्षकमै फिल्म निर्माण गर्लिन् ? अभिनेत्री थापाले उक्त शिर्षकमा फिल्म निर्माण गर्न चाहेमा ‘कमला’ माथि लफडा पर्ने देखिएको छ । किनकी दुवैले पक्षले चलचित्र विकास वोर्डमा ‘कमला’ शिर्षकमा नाम दर्ता नगराएको बुझिएको छ ।