मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 5.00/5.00)
Text size:-
+
-

निर्णायक मोड ल्याउने `नोभेम्वर रेन`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/24

वैशाख १२ गते प्रदर्शन हुने फिल्म ‘नोभेम्वर रेन’ लाई अभिनेता आर्यन सिग्देलको फिल्मी करिअरसँग प्रत्यक्ष रुपमा जोडेर हेरिएको छ । अघिल्ला असफल फिल्मबाट राहत पाउन आर्यनको ‘नोभेम्वर रेन’ चल्नु पर्ने हुन्छ । अभिनेता सिग्देल ‘नोभेम्वर रेन’ का निर्माता समेत हुन् ।

 

आर्यनलाई ब्युँताउने बुटीको रुपमा हेरिएको ‘नोभेम्वर रेन’ ले व्यवसायिक सफलता पाउला या नपाउला ? प्रदर्शनपछि चर्चा गर्नु उचित हुनेछ । यद्पी ‘नोभेम्वर रेन’ रिलिज पश्चात आउने प्रतिफललाई भने फिल्मी बजारमा महत्वका साथ हेरिएको छ । ‘नोभेम्वर रेन’ सँग जोडिएका हरेक व्यक्तिको लागि फिल्मले पाउने प्रतिक्रिया र गर्ने व्यवसायले विशेष महत्व राख्नेछ ।

 

पहिलो फिल्म ‘हो यही माया हो’ र नेफ्टा अवार्डबाट घाटा बेहोरेका निर्माता सुवास गिरीको लागि ‘नोभेम्वर रेन’ ले सर्वाधिक व्यपार गर्न आवश्यक छ । ‘नोभेम्वर रेन’ व्यवसायिक रुपमा असफल भएको खण्डमा निर्माता गिरी फिल्म निर्माणमा नर्फकने पक्का छ । त्यस्तै ‘आइ.एम.सरी’ पछि फिल्म निर्देशनमा फर्किएका दिनेश राउतको आगामी निर्देशकिय करिअर पनि ‘नोभेम्वर रेन’ नै निर्धारण गर्नेछ ।

 

भलै फिल्मको प्रचार प्रसारमा नम्रता श्रेष्ठको स्वास्थ्यले साथ नदिओस् तर, द्रुत गतिमा फिल्मी करिअरलाई अगाडी बढाउन नम्रताको लागि ‘नोभेम्वर रेन’ व्यवसायिक रुपमा सफल हुनुपर्ने जरुरी छ । सह-अभिनेत्री छुल्ठिम गुरुङको डेव्यु सुखद हुन ‘नोभेम्वर रेन’ चल्नुपर्ने हुन्छ । यसअर्थ आर्यन, सुवास, दिनेश, नम्रता र छुल्ठिमको फिल्मी करिअरलाई निर्णायक मोड दिने कडीको रुपमा ‘नोभेम्वर रेन’ लाई हेरिएको छ ।