मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

दर्शकले नार्इं नभन्दा पर्यो पिर

फिल्मीखबर, काठमाण्डौ, 2014/04/24

वैशाखमा १२ मा प्रदर्शन हुने दुई फिल्म ‘नोभेम्वर रेन’ र ‘कवड्डी’ लाई हलको समस्या पर्ने भएको छ । दुई साता अघिबाट प्रदर्शनमा आएको ‘नाईं नभन्नू ल २’ ले हल ओगट्दा यी दुई फिल्म मारमा पर्ने भएका हुन् ।


दोस्रो सातामा समेत हलमा हाउसफुल दर्शक भएपछि ‘नोभेम्वर रेन’ र ‘कवड्डी’ सिमित हलमा खुम्चिनु परेको हो । ‘नोभेम्वर रेन’ को तुलनामा ‘कवड्डी’को हल संख्या न्यून छ । मोफसलमा ‘नोभेम्वर रेन’ले तीस बढी हल पाउँदा ‘कवड्डी’ ले एक दर्जन मात्रै हल पाएको जानकारी छ । काठमाडौं भने दुवै फिल्मले उति नै हल पाउने बताइएको छ । करिब एक दर्जन हलमा यी दुई फिल्म प्रदर्शन हुनेछन् ।


काठमाण्डौका एक दर्जन बढी र मोफसलका  दुई दर्जन हलमा ‘नाईं नभन्नू ल २’ तेश्रो सातामा प्रदर्शन हुने निश्चित भएको निर्देशक विकास आचार्यले जानकारी दिए ।  बालप्रेम र प्रेम परियारद्धारा स्वरवद्ध मार्मिक गीतले सबै उमेर समुहका दर्शक ‘नाईं नभन्नू ल २’ हेर्न हलसम्म पुगेका हुन् । फिल्मले दुई सातामा तीन करोड भन्दा माथिको ग्रस कलेक्सन गरिसकेको छ ।