मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अनुहार पोत्दै `आवरण`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/24
जेठ २ बाट प्रदर्शनमा आउने फिल्म ‘आवरण’ले बालबालिकाको अनुहार पोत्ने काम गरेको छ । ‘आवरण’ युनिटले यसै साता राजधानी स्थित ‘काठमाण्डौ फन भ्याली’मा फेस पेन्टिङ गरेको हो ।
 
कलाकारसहितको निर्माण टिमले करिब ४ सय बच्चाको फेस पेन्टिङ गर्‍यो । साथै निर्मण युनिटले 'आवरण' अंकित गिफ्ट पनि बितरण गरेको निर्देशक सुबास कोइरालाले बताए । ‘फिल्मको नाम नै आवरण भएकोले बच्चाको आवरणमा पेन्टिङ हरेका हौं’ कोइरालाले भने ।
 
फिल्मको प्रसार प्रसारलाई द्रुत गतिमा अगाडी बढाउँदै युनिटले फेस पेन्टिङसँगै दरबारमार्गको स्ट्रिट फेस्टिभलमा पनि आफ्नो सहभागिता देखाएको थियो भने बाग्मती सफाई अभियानमा पनि आफ्नो सक्रियता देखाएको थियो । 'फरक तरिकाले दर्शकमाझ पुगे तयारी गर्दैछौं,' निर्देशक कोईरालाले थपे ।
 
मानव जीवनको बाह्य तथा भित्री आवरणको रहस्यमय विषयलाई मुख्य विषय बनाइएको फिल्म 'आवरण'मा प्रियंका कार्की, दिव्य देव, सुशिलराज पाण्डे, अनुभव रेग्मीको मुख्य अभिनय छ । फिल्ममा अनिल योञ्जन, लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन, रोजन श्रेष्ठको संयुत्त लगानी छ ।