Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`दमदार`को प्रचारमा सविनलाई सिन्डिकेट !

फिल्मीखबर, काठमाण्डौ, 2014/05/04

दर्शकले प्रत्यक्ष रुपमा चिन्ने कलाकारले आफ्नो फिल्मबारे बोल्दा बढी प्रभावकारी हुन्छ । दर्शकलाई फिल्म हलसम्म तान्न फिल्मको गीत, प्रोमो तथा कलाकारले सञ्चारका माध्यममा गर्ने अन्र्तक्रियाको मुख्य हात हुन्छ । तर, यही आउँदो शुक्रबार जेठ २६ गते अल नेपाल प्रदर्शन हुने फिल्म 'दमदार'को प्रचार प्रसारमा शिर्ष कलाकारको सहभागिता शून्य जस्तै देखिएको छ ।

 

फिल्म 'दमदार'को विषयलाई लिएर अभिनेता सविन श्रेष्ठको अभिव्यक्ती सञ्चारका माध्यममा शून्य छ । जो फिल्मका मुख्य कलाकार हुन् । निर्माता सुमिन विष्टसँगै निर्देशक कमलकृष्ण पौडेल मिडिया हाउस धाईरहँदा सविन आफ्नो फिल्मको प्रचार प्रसारमा हिडेको देखिएको छैन । निर्माण युनिटले उनीमाथी सिन्डिकेट लगाएको हो त ?
 

अभिनेता श्रेष्ठले आफ्नो तर्फबाट फिल्मको प्रचार प्रसार गरिरहेको बताए । तर युनिटले फिल्म प्रचार प्रसारको कुनै खबर नगरेको बताए । उनले भने, 'मैले मेरो ठाउँबाट फिल्मको प्रचार गरिरहेको छु । निर्माण युनिटबाट प्रचार प्रसारको लागि कुनै खबर आएको छैन ।' निर्माता सुमन विष्टले पनि फिल्मको प्रचार प्रसार भैरहेको बताए । अरु बोल्न चाहेनन् । अभिनेत्री रेखा थापापनि दमदार रूपमा फिल्मको पब्लिसिटीमा सक्रिए देखिएकी छैनन् ।