Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

भुषण दाहालको निर्देशनमा `रेड मनसून`को ओएसटी

फिल्मीखबर, काठमाण्डौ, 2014/05/03

'कागबेनी' पश्चात फिल्म निर्देशनमा सक्रिय नदेखिएका भुषण दाहालले 'रेड मनसून' नामक फिल्मको ओएसटी भिडियोको निर्देशन गरेका छन् । लोपोन्मुख 'अरबाजो' नेपाली बाजाको प्रयोग गरेर निर्माण गरिएको उक्त गीत सार्वजनिक गरिएको छ ।

‘रेड मनसून’ ले काठमाण्डौको परिवेश, भेषभूषा, रहनसहन र बाजागाजालाई मुख्य विषय बनाएको छ । इलमको ‘रेड मनसून’ मा सृष्टि घिमिरे, सरिता गिरी, हिमाली दिक्षित, सन्दिप क्षेत्री, सुदाम सीकेको मुख्य भूमिका छ । इलम दिक्षितले निर्देशन गरेको ‘रेड मनसून’को कथा करुणा शर्माले लेखेकी हुन् । मौलिक विषय बोकेको फिल्म ‘रेड मनसून’ आउँदो वैशाख २६ गते अल नेपाल प्रदर्शन हुँदैछ ।