Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नृत्य निर्देशक संघले भैरवबहादुरलाई सम्मान गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/05/11

चलचित्र नृत्य निर्देशकहरुको छाता संगठन चलचित्र नृत्य निर्देशक संघद्वारा यस बर्ष बरिष्ठ फिल्म नृत्य निर्देशक, लोक नृत्य खोजकर्ता तथा लोक साहित्यकार श्री भैरव बहादुर थापालाई सम्मान गरिने भएको छ । गत बर्ष वरिष्ठ फिल्म नृत्य निर्देशक बसन्तजंग रायमाझीलाई सम्मान गरिएको थियो भने यस बर्ष भैरवबहादुरलाई सम्मान गरिन लागेको हो ।

 

बि.सं. २०१० सालमा नाटककार वालकृष्ण समको नेतृत्वमा भैरव नृत्य दल नामक संस्था स्थापना गरि नृत्यको क्षेत्रमा प्रवेश गरेका व्यक्तित्व हुन् भैरवबहादुर थापा । प्रसस्त रुपमा नृत्य निर्देशकको प्रशिक्षण, गीति नाट्य निर्देशन गरेका थापाले 'मनको बाँध', 'पच्चिस वसन्त' लगायतका फिल्ममा नृत्य निर्देशन गरिसकेका छन् । नृत्यको क्षेत्रमा 'नटराज' को उपाधीले समेत विभुषित भैरवबहादुरले लोक सेवा आयोगबाट सर्वप्रथम नृत्य निर्देशकको पदमा नियुक्त भई पुरातत्व र संस्कृति विभागमा समेत कार्य गरिसकेका छन् ।

 

५० बर्ष अघि देखि नृत्यकाृ क्षेत्रमा प्रवेश गरि अतुलनीय सेवा यस प्रदान गरेका श्री भैरवबहादुर थापालाई चलचित्र नृत्य निर्देशक संघ नेपालले यहि बैशाख ३१ गते बुधवार बुद्ध जयन्तिको अवसर पारेर सम्मान गरिन लागेको हो संघका अध्यक्ष अध्यक्ष अच्युत घिमिरेले बताए ।