आउँदो शुक्रबार जेठ २ गते प्रदर्शनमा आउने फिल्म ‘आवरण’ सेन्सर पास भएको छ । मन्त्री स्तरीय निर्णयबाट नियुक्त भएका फिल्मकर्मी सुरेश दर्पण पोखरेल र मेलिना मानन्धर पहिलो पटक ‘आवरण’ फिल्मको सेन्सर गरे । ‘आवरण’ लाई पिजी प्रमाण पत्र उपलब्ध गराइएको छ ।
‘आवरण’मा समावेश डरलाग्दा दृश्यका आधारमा ‘आवरण’लाई 'पिजी' प्रमाण पत्र उपलब्ध गराइएको सेन्सर सदस्य सुरेश दर्पण पोखरेलले बताए । 'पिजी' प्रमाण पत्र पाएसँगै ‘आवरण’ फिल्मलाई बालबालिकाले अभिभावकको साथमा हेर्नु पर्नेछ । सस्पेन्स थ्रिलर फिल्ममा अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका छ ।
फिल्ममा प्रियंकालाई डराइरहेको देख्न पाइनेछ । सुवास कोइराला निर्देशित ‘आवरण’ प्रियंकासँगै दिव्यदेव, अनुभव रेग्मी, सुशिलराज पाण्डे, नरेश पौड्याल, रश्मी भट्ट लगायतको अभिनय रहेको छ । लगानी अनिल योञ्जनको छ ।

