Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुख्य सचिव पौडेलेको फिल्म सम्बन्धी अभिव्यक्ति

फिल्मीखबर, काठमाण्डौ, 2014/05/11

चलचित्र संघको ४२ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको आतिथ्य लिएका मुख्य सचिव लिलामणी पौडेलले नेपाली फिल्म र नेपाली फिल्मको बजारको विषयमा मात्रै बोलेनन् । मुख्य सचिव पौडेलले छिमेकी मुलुक चिन र भारतबाट नेपाली फिल्म क्षेत्रले पाठ सिक्नुपर्ने समेत बताए । मुख्य सचिव पौडेलले दिएको अभिव्यक्तिको केही अंश हामीले यहाँ प्रस्तुत गरेका छौं ।

 

कला बिनाको व्यक्ती पशुतुल्य हुन्छ । कलाले मान्छेलाई मान्छे बनाउँछ, दिशानिर्देश गर्छ । असल समाज र संस्कृतिको निर्माण गर्न यसले ठूलो भूमिका खेल्छ । यसलाई सरकारले संवेदनशील क्षेत्रको रुपमा राखेको छ । सहकार्य गर्न सकेमा यो असाध्यै फस्टाउन सक्ने क्षेत्र हो । यो क्षेत्रलाई नेपालको सिमाना भन्दा बाहिर पनि विकास गर्न सकिन्छ । सरकार यसको लागि सहयोग गर्न तयार छ । चिन र भारत यसको ज्वलन्त उदाहरण हुन् ।

 

मैले पछिल्लो पटक ‘वल्र्ड कप इन नेपाल’ भन्ने फिल्म हेरेको थिएँ । त्यो फिल्मले असाध्यै मन छोयो । फिल्मले नेपाली धरातल र स्वाभिमानलाई देखाएको रहेछ । यस्तो प्रकारको फिल्मले समाजलाई शिक्षा दिन र सही बाटो देखाउन सहयोग पुर्याउँछ । मैले नेपाली फिल्मको भविष्य उज्जवल देखेको छु । नेपालको प्राकृतिक सौन्दर्यलाई भरपुर उपयोग गर्नुपर्छ ।