Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आदित्यको आगमन

फिल्मीखबर, काठमाण्डौ, 2014/05/11

बर्षेनी नेपाली रजतपतमा सयौंको हाराहारीमा नयाँ मोडल तथा अभिनेता अभिनेत्रीहरु भित्रिने गर्दछन् तर केहीले मात्र निरन्तरता पाउन सक्छन् । मोडलिङबाट फिल्ममा छिरेका कलाकारको भिडमा आदित्य श्रेष्ठ पनि पर्दछन् ।

फिल्म 'सुनामी', 'सुट आउट' र आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका आदित्य हाल समिर मियाँ निर्देशित हरर तथा सस्पेन फिल्म 'कमला'मा व्यस्त छन् । बलिउडका अभिनेता शाहरुख खान र गोविन्दाको अभिनयबाट प्रभावित रहेको बताउने आदित्यले आफुलाई मन पर्दो क्यारेक्टरमा सधैं दर्शक सामु देखा पारिरहने बताए ।

'हात्ति आयो हात्ति आयो फुस्सा' भने जस्तै आदित्य टिकिरहने हुन् या टिलपिलाउने ? केही समयमै थाहा होला ।