Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`पुर्नजन्म`मा आर्यन र गजित आर्मी

फिल्मीखबर, काठमाण्डौ, 2014/05/20

अभिनेताद्धय आर्यन सिग्देल र गजित बिष्ट आर्मी बनेका छन् । सामाजिक संजाल फेसबुकबाट आर्यन र गजितले आर्मीको गेटअप सार्वजनिक गरे ।

 

मोहनकृष्ण श्रेष्ठको निर्माणमा छायाँकन भैरहेको फिल्म ‘पुर्नजन्म’मा आर्यन र गजित आर्मी अफिसर्सको भूमिकामा देखिदैछन् । फिल्ममा यि दुबै कलाकार पहिलो पटक आर्मीको भूमिकामा देखिंदैछन् । त्यसैले पनि आर्यन र गजितले उत्साहित हुँदै तस्विर सार्वजनिक गरेका हुन् ।

सजन श्रेष्ठले निर्देशन गरिरहेको ‘पुर्नजन्म’को कथावस्तु सस्पेन्स राखिएको छ । ३० प्रतिशत छायाँकन बाँकी रहेको यो फिल्ममा केकी अधिकारीको पनि मुख्य भूमिका छ ।